काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रबक्तासमेत रहेका विवादीत सांसद ज्ञान बहादुर ज्ञानेन्द्र शाही यतिबेला शंकाको घेरामा तानियका छन् । विगतदेखी नै स्त्रीलम्पट व्यवहार, आर्थिक अपचलन र किर्ते शैक्षिक योग्यता लगायतका विषयमा प्रश्न उठ्दै आएका बेला अहिले यी लगायत उनीमाथी अन्य सवालहरुमा पनि गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
शाहीले केहि महिलाहरुलाई विवाहको प्रलोभनमा पारी गरेको यौनहिंसाबारे निरन्तर समाचार संप्रेक्षण गर्दै आएको नीती न्यूजले शाही बारे सप्रमाण नयाँ तथ्य फेला पारेको छ । शाहीले सांसद निर्वाचित् भएर प्रतिनिधीसभा प्रवेश गरेदेखिनै निरन्तर रुपमा बिभिन्न महिला सांसदहरुमाथी समेत गिद्धेनजर लगाउने गरेको खुलेको छ । त्यसो त एक जना सांसदमाथी त शाही स्वयंले विवाहको प्रस्ताव नै राखेको खुलेको छ । रास्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी एक अविवाहीत सांसदमाथी शाहीले विवाहको प्रस्ताव राखेको नाम नवताउने शर्तमा ति सांसदले बताईन् । ति सांसदकी अनुसार गत केहि महिना अघी शाहीले निरन्तर रुपमा आपू अविवाहीत रहेको भन्दै विवाहको प्रस्ताब राखेका थिए ।
यद्धपी नीती न्यूज लगातका बिभिन्न संचारमाध्यमहरुमा शाहीको विवाहको तस्विरसहितका समाचारहरु छ्यापछ्याप्ती प्रकाशन पस्चात् उनि विवाहीत रहेको थाहा पाई आपूले हप्काएपस्चात् भने अहिले आपूसंग अल्लि टाढीएको उनले बताईन् । त्यसो त शाहीले विवाहको प्रस्तावका लागी ति सांसदको घरमासमेत विवाहको प्रस्ताव राखेका थिए । त्यसका लागी शाहीले आफ्नै सहोदर दाजु मदन बिक्रम शाहीलाई ति सांसदको घरमा पठाएका थिए । तर, अचानक शाहीको बिबाहको तस्बिर बाहिरिएपछी ति महिला सांसदले शाही फटाहा रहेको भन्दै उनीबाट सजग रहनुपर्ने भन्दै अन्य महिला सांसदहरुलाई सुझाव समेत दिँदै आएकी छन् । ति महिला सांसदको नजिकी अर्का महिला सांसदले बताए अनुसार शाहीले उनलाई भेटघाट र चियागफका क्रममा विवाहको प्रस्ताव राख्ने गरेका थिए ।
त्यस्तै शाहीले ति सांसदमाथी शरिरका बिभिन्न स्थानहरुमा स्पर्ष गर्न खोज्ने, गोप्य अंगहरुमा हात लैजाने प्रयास गर्ने जस्ता कार्यहरु गर्ने गरेको पनि गरेका थिए । त्यस्तै रास्वपाकी सांसद मात्र नभई शाहीले नेपाली कांग्रेसबाट निर्वाचित अर्की एक महिला सांसदमाथी पनि यौनजन्य हिंसा गरेको खुलेको छ । समाचारमा आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ति सांसदले आपूमाथी पनि संसंद प्रवेश गर्दा र बाहिरँदा तथा अन्य भिडभाडका बेला आपूलाई स्पर्ष गर्ने कोशिष गर्ने गरेको बताईन् । त्यो त संसद भवन परिषरमै रहेको क्यान्टिमा चियागफका क्रममा शाहीले आफुलाई पटक पटक छुँदै कुरा गरेका थिए । तर आईन्दा त्यसो नगर्न भन्दै हप्काएपछी शाही सजग भएकोसमेत उनले बताईन् । त्यसपछी हरेकपटक शाहीलाई आफूभन्दा टाढा नै बसेर कुरा गर्न समेत सुझाएको ति सांसदले बताईन् । आगामी दिनमा शाहीको त्यस्तो कार्य नरोकिए आफुंले प्रतिकार गर्ने तयारी गरेको पनि उनले बताईन् ।
नीति न्यूजसंग कुरा गर्दै उनले भनिन – “एकपटक चिया गफमा केहि हाँसिमजाक हुँदै थियो, क्यान्टिनको टेबलमा सामुन्य बसेर चिया खाँदै गरेको मान्छे लमतन्न हात त म भए तर्फ पो अगाडी बढायो, त्यसपछी अन्टासन्टा कुरा गर्न थालेपछी के हो माननिय ज्यू लाज लाग्दैन भन्दै थर्काईदिँए । त्यसपछी सिम्म परेका उनलाई हप्काँउदै तपाइंको हात यता तिर आए मेरो हातपनि तपाइंको गालासम्म आउन सक्ला विचार गर्नुहोस् है, भन्दै हप्काए ।” “यस्तो गलत र निच सोच भएका व्यक्ति कसरी सांसद निर्वाचित् भए होलान् ! ति जुम्ली जनताको कस्तो अभिलाशा थियो होला, यस्ता नकचरोलाई सांसद जिताएर के पाउलान्” उनले अनविज्ञता प्रकट गर्दै भनिन् । पुरानो प्रशंग दोहोयाउँदै उनले भनिन् “त्यसदिन बेस्सरी हप्काएपछी, त्यसपछि भने मसंग कुरा गर्दा चाहिं केहि हच्किन थालेका छन् । त्यो किसिमको हर्कतपछी मलाई पनि सकेसम्म उहाँसंग कुरा गर्न पनि मन लाग्दैन, प्राय त नदेखेको जस्तो नै गरिदिन्छु ।” शाहीले आपूसंग गलत नियतले छुन खोजेको होईन भनी उम्कने कोशिष गरेपनी त्यसदिनको शाहीको शैली एकदम गलत किसिमको रहेको उनले बताईन् । महिलालाई त्यसरी छोएर कुरा गर्नु राम्रो नभएको र त्यसले आफुंलाई अपमानित महशुस गराउने उनको भनाइ थियो ।