प्रेम भावनाहरुको संगालो हो, चामत्कारिक भाव हो । मानव इतिहासमा सर्बाधिक बहस भएको विषय हो -प्रेम । आजसम्म पनि प्रेम यही नै हो भनेर पुष्टि गर्न सकिएको छैन ।भनिन्छ प्रेमको मापन हुदैन|
सायद अनुभूति र अन्तर्मनका नबिन भाबना र सुन्दर कल्पना नै प्रेम हो । जुन आफैंमा रोमाञ्चक ,तरंगित र कतिपय अवस्थामा घातक पनि हुने गर्दछ । जीवनमा एकपटक सबैको अन्तर्मनमा प्रेमको भाबना पलाउँछ , अर्थात् प्रेममा पर्छन् हरकोही ।त्यो प्रेम चाहे दाजुले बहिनीलाई गर्ने प्रेम,चाहे बाबु आमाले छोरा छोरीलाई गर्ने प्रेम त चाहे हर्मनका कारण किशोराबस्थामा स्कुल कलेज पढ्दा बिपक्षी लिंगीका साथिसंग गरिने प्रेम या भनौ यात्र्याक्सन त चाहे सात जुनी संगै जिउने कसम खाएर संगै जिन्दगि बिताइरहेका श्रीमान श्रीमती बिचको प्रेम |
विज्ञानले भने अनुसार प्रेम हुन हर्मोन चाहिन्छ । हर्मोनबिना प्रेम पलाउन सक्दैन । प्रेमभाव उत्पन्न हुनका लागि मानव शरीरमा हर्मोन हुनु आवश्यक छ । जसलाई विज्ञानले अक्सिटोसिन हर्मोन भनिन्छ । कसैलाई देख्दा, संगत गर्दै जाँदा, रोमान्स गर्दा, कसैसँग समय बिताउँदा र अनौठो महसुस हुन्छ । जुन सुन्दर र कल्पित हुन्छ । यस्ता प्रेमभाव जगाउने काम गर्छ अक्सिटोसिन हर्मोनले । यसले मानव मन मस्तिष्कमा प्रेमभाव पैदा गराउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
मानव शरीरमा रहेको अक्सिटोसिन नामक हर्मोनले मानव व्यवहारलाई प्रभावित गर्ने काम गर्छ । यसले मानिसमा प्रेम, सहानुभूति, उदारता, यौन, लगाव र सम्बन्ध बनाउने जस्ता कुरामा महत्वपूर्ण भूमिका खेल्छ । यसलाई लभ हर्मोन पनि भनिन्छ ।
अक्सिटोसिनले सम्बन्ध बनाउन र भावना पैदा गराउन अहम् भूमिका खेल्छ । शरीरमा अक्सिटोसिन हर्मोन पैदा हुँदा मन मस्तिष्क तरंगित हुने गर्छ । जसका कारण यसले हाम्रो मुडमा सकारात्मक असर गर्छ ।
अक्सिटोसिन हर्मोनको उत्पादन मस्तिष्कको सानो भाग हाइपोथालेमसबाट हुन्छ र मस्तिष्कको पोस्टिरियर पिट्युटरी लोबले यसलाई सञ्चार गर्ने काम गर्छ । अक्सिटोसिन हर्मोनलाई मात्रै नभई डोपामाइन र सेरोटोनिन हर्मोनलाई पनि खुसी हर्मोनका रुपमा लिइन्छ ।
कुनै व्यक्तिप्रति आकर्षित हुँदा मस्तिष्कले डोपामाइन हर्मोन उत्पादन गर्छ, जसका कारण सेरोटोनिनको स्तर बढ्छ र अक्सिटोसिन बन्छ । अक्सिटोसिनले सकारात्मक भावना मात्रै पैदा गराउँदैन यसले समयअनुकूल आफूलाई व्यक्त गर्न निर्देशनसमेत दिन्छ ।
हर्मोनले मानव मन मस्तिष्कमा प्रेमभाव पैदा गराउने मात्रै नभई मानिसलाई खुसी, दुःखी र रोमाञ्चित महसुस गराउन महत्वपूर्ण भूमिका खेल्ने तथ्य मनोविश्लेषकहरु बताउँछन् ।