शंकर तिवारी, काठमाण्डौ: सामाजिक सञ्जालमा आँफू बिरुद्द गरिएको टीप्पणीलाई लिएर संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आले मगर निक्कै घिनलाग्दो हर्कतमा उत्रिएका छन् | अछामका एक युबासंगको संवादमा मन्त्री आलेले नेपालि समाजमा अपाच्य हुने स्तरका ‘अश्लील शब्दहरु प्रयोग गर्दै धम्कि दिएका हुन् ।
उनले निक्कै भद्दा शैलीमा अश्लील गाली गर्दै अङ्गभङ्ग गर्नेसम्मको धम्की दिएका छन् । उनले गाली सहित ज्यान मार्ने धम्कि दिएको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ |
हाल भारतमा रहेका नेकपा(एमाले)समर्थक अछामका युवा जगत ओलीले आफूले मन्त्री आलेसंग सम्बन्धित कुनै बिषयमा सामाजिक सञ्जालमा टीप्पणी गरे पश्चात आलेले फोन संबाद मार्फत धम्कि दिएको बताएका हुन् ।
उनले समाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै लेखेका छन्,"एउटा जाबो कमेन्ट पचाउन नसक्ने मन्त्री प्रेम आले हेरौं, मैले भाइरल हुनलाई हो सब मान्छे तस्करीको आरोप लागेको हो भन्ने कमेन्ट गर्दा मन्त्री आलेले कति सम्म भने - सबैले फेमिलीमा नसुनौं ।"
सो भिडियोमा मन्त्री आलेको अडियो मात्रै सुनिन्छ । जसलाई ती युवा ओलीले आफ्नो अनुहार देखिनेगरी रेकर्ड गरेको देखिन्छ ।
सुरुवातमा सभ्य भाषा नै प्रयोग गरेका मन्त्री आलेले ती युवालाई ‘कहाँ हुनुहुन्छ, तपाई ?’ भनेर सोधेका छन् । ती युवाले आफू ईण्डिया रहेको जवाफ दिए ।
त्यसपछि मन्त्री आलेले ‘तपाईको त्यो कमेन्ट हेरे, के लेखेको हो यार त्यस्तो ?’ भनेर सोधेका छन् । यसको जवाफमा ती युवाले ‘हाल्ने नि यस्तो आश गरेको थेन् के गर्नु’ भनेका छन् ।
त्यसपछि मन्त्री आले–‘कस्तो आश ?’
ओली–‘तपाईबाट यस्तो हुन्छ भन्ने आश लाग्या थिएन!’
त्सपछि सिधै मन्त्री आले अश्लील धम्कीको स्तरमा उर्लिएका हुन्। उनले अश्लील गालीसहित ठाउँ–ठेगाना सोध्दै हातखुट्टा भाँचिदिने धम्की दिए।
संवादमा टि युवाको पनि संयमता भने देखिदैन । उनले समेत अश्लील शब्द प्रयोग गरेका छन् । दुई मिनेट २४ सेकेन्ड देखाइएको सो भिडियो संवादमा बढीजसो मन्त्री आले नै आक्रोशित र असभ्य तवरबाट प्रस्तुत भएको देखिन्छ ।
यो संबाद कहिलेको हो भन्ने अझै प्रस्ट खुलेको भने छैन । ती युवाले मंगलबार बिहान तिर फेसबुकमा उक्त भिडियो पोस्ट गरेका छन् |
सोहि बिषयमा मन्त्री आलेको सचिवालयले भने –फरक धारणा दिदै आलेको बचाउ गरेको छ |सार्बजानिक पद धारण नगरेका बेलाको संवादलाई अहिले सार्बजानिक गराई मन्त्री आलेको मानहानी भएको भन्दै उक्त कार्य नगर्न चेतावनी समेत दिएको छ |
तर सचिवालयको उक्त बिज्ञप्ति निक्कै फितलो देखिएको छ |मन्त्री नबन्दैको भिडियो आज सार्बजानिक गरिएको भन्दै फितलो स्तरको टिप्पणी सचिवालयले गरेको छ |सवाल मन्त्रीमा बहाल हुँदा या नहुँदाको हुँदै होइन , सवाल समाज र समाजको मर्यादाको हो |जो-कोहीलाई पनि त्यस्तो शब्द प्रयोग गरि समाजको मर्यादा भड्काउने छुट छैन |