सीमा हुमागाई
युवा भनेको राष्ट्रको मजबुत खम्बा ,अनमोल र अमुल्य शक्ति हो। हालको तथ्याङ्क अनुसार कुल जनसंख्याको आदि भन्दा बढी नेपालमा युवा समुहको जनसंख्या रहेको छ । त्यसैले युवा वर्गलाई राष्ट्रको प्रमुख धरोहर साथै मेरुदण्डको रूपमा लिइन्छ ।
नेपाल एक विकास उन्मुख देश हो। राष्ट्रलाई प्रगतिको बाटो तर्फ डोराउन युवा जनशक्तिको खाचो छ ।आर्थिक ,सामाजिक र राजनितीक विकासको लागि युवाहरूको सहभागीता जरुरी छ । युवा भविस्यका कर्णधार हुन्।अहिलेका युवाहरु पछी गएर राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण भुमिका खेल्छन् । राष्ट्रले युवाको क्षमतालाई उपयोग गरेर देशलाई विकास तर्फ धकेल्न जरुरी छ ।
आर्थिक , राजनीतिक र सामाजिक रूपमा नेपालको परिस्थिति दिनानुदिन परिवर्तन हुँदै गइरहेकाले , युवा पुस्तालाई गहिरो असर परेको छ । हामीले युवालाई गतिशील ,परिवर्तनशिल र उर्जाशिल वर्गमा विभाजन गर्छौ । तर बिडम्ना के छ भने अहिले राष्ट्रका धेरै युवाहरू बेरोजगार रहेका छन् । दैनिक १५०० युवाहरू रोजगारीका लागि विदेशीने गरेको तथ्याङ्क छ । जनसंख्याको १० प्रर्तिशत भन्दा बढि युवाहरू विदेशमा रहेका छन् । जस्ले गर्दा राष्ट्र निर्माणका लागि जनशक्ति घट्दै गइरहेको देखिन्छ ।
देशको बद्लिदो परिस्थिति जस्तै राजनीतिक असमजदारी , जातीय विवाद , गरीबी ,आर्थिक मन्दी र अन्य अनुकूल परिस्थितिले युवाहरूमा नकारात्मक सोचाइको सिर्जना गरेको पाइन्छ । अहिलेको युवा पुस्ताहरु देशका लागि केही गर्छु भन्दा पनि बाध्यता वस् उच्च शिक्षा , रोजगारी र राम्रो अवसरको लागि विदेशिने गरेका छन् । तथ्याङ्क अनुसार हेर्न हो भने एउटा नेपाली परिवारबाट एक सदस्य विदेशी भूमिमा पाइला राख्न बाध्य छ। यी सबै देशको बद्लिदो परिस्थितिको परिणाम युवाहरुले भोगिरहेका छन् ।
अहिलेको सन्दर्भमा हेर्ने हो भने ,राज्यको बागडाेर समाल्ने युवा सक्ति अरुको देशमा गएर रगत र पसिना बगाउन बाध्य छन । दु:खको कुरा त्यहि रगत र पसिनाको रेमिटान्सले हाम्रो राष्ट्रको आर्थिक स्थिति धानिरहेको छ । यसमा दोष राज्यलाई दिने या राजनीतिक दल लाई - किनकि पाँच तारे होटेलको बन्द कोठामा हुने बौद्धिक विलासीताले , युवाको आवश्यकताको , प्रश्न र अवस्थाको निचोड निकाल्न सक्दैनन् । त्यसैले बोलिमा भन्दा व्यवहारीक हुनु जरुरी छ ।
बद्लिदो परिस्थितिले युवामा पारेको असरहरु यस प्रकारले हेर्न सकिन्छ ; धेरै जसो युवाहरू उच्च शिक्षा र रोजगारीबाट बन्चित हुन पुगेका छन, गरीबि र आर्थिक मन्दीका कारण युवाहरुको मानसिक स्वास्थमा असर परेको देखिन्छ , देशको बेरोजगारीका कारण युवाहरू कुलत, विकृती र द्वन्द्वमा सङ्लग्न भइरहेका छन् , अझै भन्ने हो भने हत्या, हिंसा ,अपहरण , लागुअाैषद ,चोरी-तस्करी आदि जस्ता क्रियाकलापहरु युवाहरूमा बढ्दै जनुको मुख्य कारण आहिलेको बदलिँदो परिस्थिति हो।
आजको आवश्यकता भनेको राष्ट्रको अर्थव्यवस्था ,विकास र उन्न्तिको लागि युवाको धेरै खाचो छ । तसर्थ , राज्यले युवाहरूलाई देश विकासमा सामेल गरि सशक्त बनाउनु पर्छ । युवा समावेशिकरण ,रोजगारी क्षमता ,शिक्षा लगायतका कुराहरुमा ध्यान दिन जरुरी छ । देशमै उधमशिलताको विकासका लागि राष्ट्रले सन्तुलित वातावरण निर्माण गराउनु पर्दछ । अझै हेर्ने हो भने पिछडिएका क्षेत्र ,वर्ग र समुदायका युवाहरूलाई विशेष प्राथमिकता दिनुपर्दछ ।
युवा वर्ग देशको सबैभन्दा ठुलो शक्ति हो त्यसैले राष्ट्रको दिगो विकासका लागि उनिहरुलाई सक्षम, शिक्षित र सशक्त बनाउन आवश्यक छ ।दिन-दिनै युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा ठुलो चुनौती हो। त्यसैले राज्यले शिक्षा ,स्वास्थ ,रोजगारी , उधमशिलताको विकास गराई ,युवाहरूलाई शिक्षित , सिर्जनशिल ,सीपयुक्त , उधमि र जिम्मेवार नागरिकको रूपमा विकास गराउनु वर्तमान आवश्यकता रहेको छ ।
अन्तमा राज्यले देशको बदलिँदो परिस्थितिलाई सन्तुलन बनाएर विकास निर्माणका लागि युवाहरूलाई अग्रसर बनाउन जरुरी छ ।त्यसैले युवाहरू राष्ट्रको गहना हुन् साथै सिङ्गाे राष्ट्रको आर्थिक ,राजनितीक र सामाजिक विकासको लागि उनीहरुलाई सक्षम र प्रयाप्त योगदान पुर्याउन साथै सशक्त ,सुध्रीण बनाउन महत्त्वपूर्ण प्रयासहरुको स्थापना गराउनु आजको आवश्यकता हो।