नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया २ बाट प्रतिनिधि सभा सदयका लागि उम्मेदवारी दिएका थिए । यसअघि सोही पार्टीबाट कैलाली ५ मा उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी पनि खारेज भएको थियो ।
२०७२ भदौ ७ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । थारु फरार छन् भने चौधरी डिल्लीबजार कारागारमा छन् ।