एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । आफ्नो आधिकारिक फेसबुक पेजबाट उनले विभिन्न वक्तव्य, टिप्पणी तथा जानकारीहरू साझा गरिररहेका छन् ।
हाल आगामी ४ मंसिरको निर्वाचनका लागि चुनावी घोषणापत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङमा रहेका ओलीले त्यहाँबाट देखिने सुन्दर दृष्यसहितका तस्वीर पोष्ट गरिरहेका छन् ।
यसैबीच सोमबार बिहान उनले सूर्याेदयको तस्वीर साझा गरेका छन् । जसको क्याप्सनले ओलीले लेखेका छन्, 'शुभप्रभात ! आज ६.५ मा सूर्योदय भएको छ । सबैको दिन शुभ रहोस् ।'
1665975717.png)