अनुराग बम क्षेत्री
भिई मुगु
हिजो तिम्रो रहरको मान्छे अर्कैको रहर भैसकें
चारैतिर चुच्चो भएको नमिल्दो पत्थर भैसकें ।
यो जिन्दगी पनि वर्षा बिनाको खोला जस्तै छ
भन्न त सबैले खोला भन्छन तर बन्जर भैसकें ।
मेरो सपनाहरुले अझै तिम्रो आस देखाइरहे
मा भने आफ्नै बाध्यताहरुको मफलर भैसकें ।
तिमि भयंकर घमण्डको धरहरा बनाइ रहेछौ
कहिले भन्न पाहिएला मा तिम्रो बराबर भैसकें ।
आउ तिम्रो जिन्दगि उज्यालो बनाउछु मैले
तिमि इन्धन भएकै दिन म लाईटर भैसकें ।।