हामी कहाँ कतिपय घटनालाई भविष्यमा हुने कुनै कुराको संकेत मान्ने गरीन्छ । आस्था र विश्वासका आधारमा यस्ता केहि कुराहरुमा विश्वास गरीए पनि यसमा वैज्ञानिक सत्य भने हुदैँन । तथापी बर्षाैदेखि मानिसले यस्ता घटनालाई संकेत मान्दै आएका छन् । यस्तै केहि घटनाहरु छन् जसलाई अझै पनि अशुभ संकेत मानिन्छ । के के हुन् त ति अशुभ संकेत ?
काम गर्दा गर्दै अचानक घरको मुख्यद्वारमा तेल पोखियो भने यसले परिवारमा विपति आउनेतर्फ संकेत गर्ने कतिपयले विश्वास गर्छन् । यसरी तेल पोखिएमा तत्काल सेतो कपडाले सफा गर्नु पर्ने मान्यता छ ।
यदि घरमा ठिक अवस्थामा रहेको कुनै विद्युतिय उपकरण एकाएक बिग्रीयो वा बारम्बार बिग्रन थाल्यो भने यसले धन नोक्सानी हुने संकेत गर्ने कतिपयको मान्यता छ । यस्तो संकेतले घरमा ठुलो आर्थिक क्षति आउन सक्ने संकेत गर्ने कतिपयको मान्यता छ । त्यसैले पनि चर्किएको मोवाइल वा अन्य विद्युतिय उपकरण बोक्नु हुदैँन भन्ने मान्यता छ ।
अचानक पेटसम्बन्धी कुनै समस्या वा रोग देखा पर्याे र निको भएन भने यसले जिवनमा अनेकौं समस्या आउन सक्ने तर्फ संकेत गर्ने विश्वास गरीन्छ । यसले मानिसमा चञ्चलता बढ्ने कतिपय विश्वास गर्छन् ।
यदि कसैलाई बोल्दाबोल्दै अचानक मुख लरबराउँछ र मुखमा आवश्यकता भन्दा बढि र्याल आउन थाल्यो भने कतिपयले यसलाई भविष्यमा धन र कानूनी अड्चन आउने घटनातर्फ इशारा गर्ने विश्वास गर्छन् ।
घरमा रहेको पानिको ट्याकिं अचानक लिक भयो र चुहिन थाल्यो भने घरमा आर्थिक संकट आउने कतिपय विश्वास गर्छन् ।