चितवनको रत्ननगर नगरपालिका स्थित नेपाल नमुना माध्यमिक बिद्यालयमा चरम बेथिति भएको पाइएको छ |चितवनको सामुदायिक बिद्यालय मध्यकै पुरानो , गुणस्तरीय र बढी आर्थिक श्रोत साधन भएको मानिने बिद्यालय संघिय सरकार बमोझिम नमुना विद्यालयको रुपमा समेत घोषणा भएको छ |तर केहि समय यता विद्यालयको गुणस्तर भने क्रमबद्द रुपमा खस्किंदै गएको पाइएको छ |
आन्तरिक खिचातानी , राजनीतिक प्रभाव ,संस्थागत असमझदारी र कमजोर न्यतृत्वकै कारण बिधालयमा पछिल्लो समय समस्या निम्तिदै गएको कतिपयको बुझाई छ |
पछिल्लो समय बिद्यालयमा नेतृत्व गरेकाहरुबाट सेटिंग मिलाई चरम रुपमा आर्थिक ,नैतिक ,प्रशासनिक र शैक्षिक बेथिति हुने गरेको पाइएको छ |
केहि बर्ष अघिसम्म बिद्यालयका सबै क्षेत्रहरु चलायमान र गुणस्तर थियो | नेपाल सरकारको तर्फबाट बिद्यालय नमुना विद्यालयको रुपमा प्रस्तावित भएर स्वीकृत समेत भयो | पुर्व प्राचार्य गोपाल शर्माको अबकाशसंगै विद्यालयको नेतृत्व लिए खगेश्वर रिजालले |
पछिल्लो शिक्षा ऐन अनुरुप २०७४ मा सम्पन्न स्थानीय निर्वाचन पछी रत्ननगर नगरपालिका २ मा उक्त बिद्यालय पर्ने भएकाले सोहि वार्डका वडाध्यक्ष तिलक शर्मा बिद्यालय ब्यबस्थापन समितिको पदेन अध्यक्षको रुपमा कार्यरत रहे | त्यस बेला सह –प्राचार्यको जिम्मेवारीमा गङ्गा आले ,रमेश खनाल र बुद्दीराज सुबेदी थिए |बुद्दिराज सुबेदी वडाध्यक्षको सहोदर ज्वाईं समेत हुन् |
नमुना विद्यालयको रुपमा स्वीकृत भइसकेपछी धमाधम बिद्यालयमा शैक्षिक र भौतिक स्तरोन्नतिको कार्यहरु हुँदै आएको थियो | तर अध्यक्ष शर्माले कतिपय काम आफुँले भने बमोझिमा गर्न पाएका थिएनन् |बिद्यालयमा आफ्नो हालीमुहाली बनाउने उनको चर्को महत्वाकांक्षा थियो भने उनको सहोदर ज्वाईं बुद्दिराज सुबेदीको प्राचार्य बन्ने चर्को सपना | वडाध्यक्ष शर्मा नेपालि कांग्रेसको तर्फबाट नगरपालिकामा संसदीय दलको नेता समेत थिए | त्यसबेला स्थानीय स्तरमा प्रतिपक्षको भूमिकामा थियो कांग्रेस | अध्यक्ष शर्माले नगरपालिकाको कुनै पनि गलत कार्यमा आफुँले हस्तक्षप नगर्ने गरि तत्कालिन मेयर नारायण बनसंग गोप्य सहमति गरि बिधालयमा आफुँले चाहेको बमोझिम गर्न र गराइदिन आग्रह गर्न थाले | त्यसपछि मेयर ,वडाध्यक्ष र सह-प्राचार्य सुबेदी नै तत्कालिन प्राचार्यलाई असहज बनाउने तर्फ अग्रसर रहे |
नगरपालिका , शिक्षा समिति , ब्यबस्थापन समिति लगायत सबैतिरको त्रिकोणीय असहयोग पश्चात आफुँले प्र.अ. बाट राजिनामा दिएको रिजाल बताउँछन् | उनि भन्छन –"सबैतिरबाट असहयोगको बाताबरण बन्यो ,घेराबन्दी गर्न सुरु गरियो अनि मैले प्र.अ. को रुपमा कार्यभार नसम्हाल्ने गरि राजिनामा दिएँ |"
तर अध्यक्ष शर्मा र सह-प्राचार्य सुबेदीले भने चाहेका थिए नै त्यहि | शर्मालाई आफ्नो हस्तक्षप कायम गराउन थियो भने सुबेदीलाई आफुँ जसरिपनि प्राचार्य बन्न थियो |
विद्यालयले नयाँ प्राचार्यको लागि आबेदन खुलाएसंगै गङ्गा आले,रमेश खनाल ,नबिन चन्द्र भट्टराई र बुद्दिराज सुबेदीको आबेदन पर्यो | आबेदन पर्नेहरुमा सबैभन्दा शिर्ष बरियतामा थिए गङ्गा आले | उनि मा.बि सेकेन्ड क्लासको रुपमा कार्यरत थिए भने अन्य सबै तेस्रो क्लासको रुपमा कार्यरत | अन्य तिन मध्य सबैभन्दा कम बरियतामा सुबेदी रहेको दाबि सबैको छ |
प्राचार्य छनौटमा यसरि गरियो बेथिति र चलखेल
नमुना विद्यालयको रुपमा स्वीकृत भएकाले बिद्यालयमा निक्कै ठुलो मात्रामा आर्थिक सहयोग र अनुदान आइ भौतिक निर्माणको कामहरु हुँदै आएको थियो | अध्यक्ष शर्माले आफुँले भने बमोझिम गर्न पाएका थिएनन् | उनको मेयर नारायण बनसंग पनि सम्बन्ध राम्रो थियो | सबै संयन्त्रको मिलिमतोमा अध्यक्ष शर्माले प्राचार्य छनौट समिति यसरि बनाए :
प्राचार्य छनौट समितिको संयोजकको रुपमा चितवनको सहिद स्मृति बहुमुखी क्याम्पसमा सह-प्राध्यापकको रुपमा कार्यरत बुद्दिराज सेढाईलाई छनौट गरियो भने सदस्यको रुपमा सोहि क्याम्पसमा करार र नेपाल नमुना बिद्यालयमै अस्थायी शिक्षकको रुपमा कार्यरत दिलिप शर्मा र सदस्य सचिवको रुपमा रत्ननगर नगरपालिकामा शिक्षा शाखा अधिकृत राजेन्द्र बराललाई छनौट गरियो भने सल्लाहकार समितिको अध्यक्षको रुपमा शहिद स्मृति बहुमुखी क्याम्पसकै अध्यक्ष रामबाबु घिमिरेलाई छनौट गरियो | तर उक्त समितिको निष्पक्षता र तदार्थतामाथि नै प्रश्न उठेको भन्दै केहि बिरोध समेत भयो |
एकै संस्थाको व्यक्तिको हाबी हुनुमा स्वार्थ बांझिन सक्ने अनुमान धेरैको थियो |त्यसैगरी दिलिप शर्मा अस्थाई शिक्षक रहेकाले अस्थाई शिक्षकलाई प्राचार्य छनौट समितिको रुपमा राख्दा बैदानिकतामाथि नै प्रश्न उठ्न सक्ने भन्दै प्र.अ. का प्रतिस्प्रधी खनाल र भट्टराइले प्रमुख जिल्ला अधिकारि समक्ष लिखित निबेदन दिएका थिए |प्रमुख जिल्ला अधिकारीले पनि शर्मालाई छनौट समितिबाट हटाई अन्य कसैलाई राख्न भनि जिल्ला समन्वय समितिका प्रतिनिधिलाई तोक लगाई आदेश दिइएकोमा सोहि शर्मालाई नै कायम गरिएको आरोप सम्बन्धित व्यक्तिहरुको छ |
प्रतिस्प्रधीको परीक्षाको रुपमा लीईने बिद्यालय विकास प्रस्ताबलाई खनालले शुक्रबार बुझाएको र सोहिलाई हेरी-हेरी सुबेदीको प्रस्ताब तयार गरिएको आरोप कतिपयको छ | सुबेदीले आइतबार मात्रै पुस्तिका बुझाएको सम्बन्धितहरुको जिकिर छ |
विद्यालयको परिषर वा नगरपालिकाको परिषरमा रहेका प्रस्ताब पुस्तिका जाँचिनु पर्नेमा अन्यत्र गई पुस्तिका जाँचिएको भनि केहि तथ्यहरु समेत पुष्टि भएका छन् | सोहि विषयमा हामीले बुझ्दै जाँदा चितवनको भरतपुर स्थित Hotel Moonstar मा गएर छनौट समितिले पुस्तिका जाँचेको भनि तथ्यहरु प्रमाणित हुन्छन | २०७७/१०/५ र ६ गते बसेर पुस्तिका जाँच्दा प्र.अ.का एक प्रतिस्प्रधी बुद्दिराज सुबेदी पनि सोहि स्थानमा रहेको र पुस्तिकामा टिपेक्सको प्रयोग भएको पाइएको छ |
बरियताका आधारमा आफुंले निमित्त प्र.अ. पाउनुपर्ने भनि गङ्गा आलेद्वारा उच्च अदालत पाटनमा मुद्दा दायर गरेकोमा मुद्दा किनारा नलाग्दै हतारमा सुबेदीलाई प्र.अ. बनाइएको समेत पाइएको छ |
यसरि एक व्यक्तिलाई प्र.अ. बनाउनका लागि सबै संयन्त्रका दुरुपयोग गरिएको तथ्य प्राप्त आधारहरुले पुष्टि गर्ने दाबि कतिपय सरोकारवालाहरुको छ | मेयर बनको सेटिंगकै भरमा आफुंलाई मुद्दा हराइएको दाबि प्रतिवादी आलेको छ |
एक सरोकारवाला भन्छन-"नमुना विद्यालयको रुपमा प्रतिष्ठित संस्थाको प्राचार्य छनौट समितिमा एकै संस्थामा जोडिएका सबै व्यक्तिलाई राख्नु र बिध्यालायामै अस्थाई शिक्षकको रुपमा कार्यरतले प्राचार्य छनौट गर्नु अनैतिक कार्यको पराकाष्ठ हो |"
वडाध्यक्ष तिलक शर्मा पनि सहिद स्मृति बहुमुखी क्याम्पसको ब्यबस्थापन समितिको भूमिकामा रहेको खुल्नमा आएको छ |
प्राचार्य भएपछी ज्वाईं-ससुरा मिलेर मनपर्दी गतिविधि
यता सुबेदीले आफुँ प्र.अ. मा नियुक्ति हुन नपाउंदै बिद्यालयमा अध्यापनरत शिक्षकको संख्या पर्याप्त हुँदा हुदै अध्यक्ष शर्माको सहोदर छोरी र प्र.अ.सुबेदीका श्रीमती बिजया सुबेदीलाई नि.मा.बी.द्वित्तीयमा विद्यालयको तर्फबाट सेवा ,सुबिधा खुवाउने गरि स्थाई गरेका छन् |अबैधानिक स्थायी गरिएको प्र.अ.को श्रीमतीको शिक्षण अनुमति पत्र नै नरहेको दाबि धेरैको छ | यस्तै सहिद स्मृति बहुमुखी क्याम्पसको अध्यक्ष समेत भइ प्राचार्य छनौट समितिको सल्लाहकार रहेर छनौट समितिमा सबै क्याम्पससंग आबद्द रहेकालाई मात्रै छिराएका रामबाबु घिमिरेका सहोदर छोरा हिमाल घिमिरेलाई मा.बि तृतीय मा बिधालयको तर्फबाट स्थायी गरेका छन् र सुबेदीलाई बिद्यालय विकास प्रस्ताब तयार बनाउन सहयोग गरि प्र.अ.न्युक्तिमा राजनीतिक बाताबरण तयार गराएका युवराज पराजुलीलाई समेत अध्यक्ष र प्र.अ. मिलेर माबी तृत्तीयमा स्थायी गराएका छन् |
पराजुली बिरेन्द्र बहुमिखी क्याम्पसमा करार शिक्षकको रुपमा हालपनि कार्यरत छन् | २ वटै शैक्षिक संस्थामा कतै करार र कतै स्थायी न्युक्तिमा रहनु नैतिक त्रुटी रहेको दाबि केहि सरोकारवालाहरुको छ |
यस्तै लामो समयदेखि विद्यालयको बिहानी कक्षमा कार्यरत शिक्षक रामचन्द्र कट्टेल ,शारदा कट्टेल ,लेखनाथ पौडेल ,शोभा सिंखडा ,भोजराज सिंखडा लगायत अन्य केहि शिक्षकलाई आफ्नो मनखुशिमा सुबेदीले अबैधानिक तवरले निष्काशन गरेको खुलेको छ |
बिध्यालायामै गएर बुझ्दा सुबेदीले करिव ६ महिनादेखि बिहानी कक्षमा कार्यरत शिक्षकलाई तलब ,भत्ता नदिएको र हाँजिर गर्नबाट बन्चित गर्ने गरेको खुल्नमा आएको छ |
यस अघिका सबै प्र.अ.ले बिहानी र दिवा दुवै कक्षमा केहि कक्ष लिने गरेको तर सुबेदी आफुँ प्र.अ. भएपछी भने १ कक्षा पनि नलिई बिहानी र दिवा दुवै कक्षको तलब-भत्ता खाने गरेको समेत खुलेको छ |
मनपर्दी तरिकाले केहीलाई निकाल्ने , केहीलाई अबैधानिक स्थायी गराउने र आफुँ निकटका व्यक्तिलाई बिद्यालय छिराउने गर्न थालिएपछी हाल ब्यबस्थापन समितिले नयाँ बिज्ञापन प्रक्रियालाई समेत रोक लगाएको बुझिएको छ |
यी त सुबेदी र शर्माका केहि प्रतिनिधिमुलक उदाहरण मात्र हुन् |
आर्थिक बेइमानीको पराकाष्ठ
बिधालयको ब्यबस्थापन समितिको अध्यक्षमा ससुरा र प्र.अ. मा ज्वाईं रहेर विद्यालयलाई निजि कार्यालय चलाए जसरि मनपर्दी तरिकाले चलाएका शर्मा र सुबेदीले गर्ने गरेको आर्थिक पराकाष्ठको सिमा नाघिसकेको बिधालयमै कार्यरत केहिले बताउँछन् |नमुना बिधालयको रुपमा स्विकृत भएर त्यस अनुरुप हाल प्रशासनिक सुधार ,भौतिक सुधार र शैक्षिक सुधारका लागि भनेर करी ६ करोड भन्दा माथिको रकम आइसकेको छ | तर,बिद्यालयमा आएको करोडौँ रकम केहीको लागि भने धन कमाउने राम्रो माध्यम बन्ने गरेको केहि तथ्यहरु बाहिरिएको छ | निक्कै ठुलो मात्रामा हाल बिद्यालयमा भौतिक पुर्बाधारहरु बन्दै छ | चितवनको पुरानो भवन भएकाले र भूकम्पले भग्नाबसेश समेत बनाएको हुनाले विद्यालयको पुरानो भवन भत्काएर हाल नयाँ भवनको काम धमाधम चलिरहेको छ | विद्यालयको भवन निर्माणमा प्रयोग भएको रड,गीटि ,बालुवा,सिमेन्ट चलन चल्तीको र बजार मुल्यको भाउ भन्दा निक्कै बढी मुल्यमा ल्याइएको र प्रयोग भएको भन्दा २ गुणा सम्म दोब्बर बिल बनाउने गरेको तथ्य प्रमाणित भएको छ |
मनो चिकित्सा सेवाको लागि भनि बिना प्रतिस्प्रधा शुशील ज्ञवालीको नाममा २ लाख ३३ हजार भुक्तानी गरेको देखिएकोमा हालसम्म सो अनुरुप केहि काम नभएको प्रस्ट देखिन्छ | आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षणमा कुनै त्यस प्रकारको कार्यक्रमा संचालन नगरी नक्कली बिला भर्पाइ निकालेको समेत पुष्टि भएको छ | साथै एसी ,सोफा ,युपिभिसीका झ्याल ढोकामा अस्वाभाविक मूल्य राखी कारोबार गरिएको देखिएको छ |
३ वटा आर्थिक वर्षमा गरि वडा कार्यालयबाट शैक्षिक तालिम र पुस्तकालयको प्रबन्धको लागि लाखौँ रकम पठाएको भेटिएकोमा ३ वर्षको बिचमा कुनै पनि तालिम नभएको र थप पुस्तक नकिनिएको प्रष्ट भेटिएको छ | सो विषयमा बिद्यालयका प्र.अ.ले नक्कली बिला तयार गरेको समेत आरोप छ | नगरपालिकाबाट कम्पुटर खरिदको लागि भनि उपलब्ध गराइएको ६ लाख बराबरको मूल्यले एउटा पनि कम्प्युटर नकिनेको र सो रकम प्रयोग भइसकेको तथ्य लेखा परिक्षणले सार्बजानिक गरेको छ |
नेपाल सरकारबाट नमुना बिद्यालय विकासका लागि प्राप्त रकमबाट बिना टेन्डर लाखौँ रकममा बिभिन्न फर्निचर मिलिमतोमा खरिद गर्ने गरेको आरोप समेत प्र.अ. सुबेदीलाई लाग्दै आएको छ |
साथै डेस्क, बेन्च खरिदका लागि भनि सार्बजानिक खरिदा ऐनको प्रक्रिया नै पालना नगरी स्वाभाविक भन्दा झन्डै दोब्बर मुल्यको अस्वाभाविक मूल्य राखी २९६ थान डेस्क, बेन्च ३३ लाख भन्दा बढी मुल्यमा खरिद गरेकोमा विद्यालयको नयाँ ब्यबस्थापन समितिले त्यसको भुक्तान प्रक्रिया समेत रोकेको तथ्य भेटिएको छ |सो विषयमा जिल्ला अदालतमा मुद्दा समेत बिचाराधिन छ | विद्यालयको आडमा रहेको गौतम खाजा घरबाट १ वर्षमा चिया खाजा मात्रै ३ लाख भन्दा बढीको प्रयोग गरिएको तथ्य भेटिएको छ |
बिद्यालयका प्र.अ. सुबेदीले कमिसनमा सामान ल्याई कमाउनका लागि स्थानीय स्तरका पसलहरुमा चाहार्दै हिंडेको तथ्य समेत फेला परेको छ |स्रोतले बताए अनुसार सुबेदिले टांडीको सौराहा चोक र शुब्बा चोक स्थित हार्डवेयर तथा रंग पसलबाट कमिसनको डिल समेत गरेका थिए | यो विषयमा सबै स्थानीयहरू समेत जानकार रहेको सम्बन्धित श्रोतको दाबि छ |
शैक्षिक गुणस्तरमाथि भद्दा मजाक
बिशेष सम्भावना भएको विद्यालयको रुपमा लिई उक्त विद्यालयलाई नेपाल सरकारले नमुना बिद्यालयको रुपमा समेत घोषणा गरेपछि हालसम्म विद्यालयको भौतिक संरचनाको स्तरोन्नति र शैक्षिक सुध्रारका लागि ७ करोड हाराहारीको लगानी राज्यकोषको तर्फबाट परिसकेकोमा २ करोड भन्दा बढी लगानी शैक्षिक सुधारको लागि गरिएको छ | तर केहि समय यताको गतिविधिलाई हेर्ने हो भने विद्यालयको शैक्षिक अवस्था निक्कै खस्किंदै गएको छ | प्र.अ. सुबेदीले विद्यालयको शैक्षिक अवस्थालाई सुद्रीढ बनाउन सकेका छैनन् | रिजल्ट पनि क्रमिक रुपमा खस्किंदो छ | विद्यालयको गतिविधिबाट आफुँहरु सन्तुष्ट रहने अवस्था नै नभएको केहि अभिवाबकहरु बताउँछन् |बिद्यालयमा हाल कक्षा १ देखि १२ सम्म अध्यापन हुने गरेको छ |
माध्यमिक स्तरमा कक्षा ९ देखि १२ सम्म अध्यापन हुने कृषि संकाय विद्यालयको खास बिशेषता हो | हाल गुणस्तरको अध्यापन बिद्यालयमा नहुने गरेको केहि अभिभाबक र बिधार्थिहरु बताउछन | कक्षा १० जस्तो संबेदनशील कक्षाको गणित विषय ४ महिनासम्म अध्यापन नभएर भर्खर मात्र सुरु भएको विद्यार्थीको गुनासो छ | कक्षा ९,१० मा गणित विषय अध्यापन गराउने पर्याप्त शिक्षक संख्या हुँदा-हुँदै पनि प्र.अ. सुबेदीले कक्षा १० मा गणित विषयको कक्षा खालि राखेका हुन् | बाहिरबाट नियाल्दा नमुना मा.बि भएतापनि भित्रि हालत भने निकै खस्कँदो देखिएको छ | बिद्यालय भित्रको आन्तरिक कलहले गर्दा राम्रोसंग अध्यापन गराउने बाताबरण समेत नभएको शिक्षकहरू बताउँछन् |
११-१२ तर्फ बिज्ञान , कृषि,शिक्षा,मानविकी र ब्यबस्थापन संकायको अध्यापन हुनेमा हाल केहि विषयको अध्यापन धरापमा पुगेको पाइएको छ | बिद्यालयमा बिज्ञान संकाय तर्फको अध्यापन २०६९ सालबाट सुरु भएको हो भने कृषि संकायमा माध्यमिक तहको अध्यापन चितवनकै पहिलो हो | तर हाल यी दुवै संकाय तर्फको अध्यापन निक्कै सोचनीय अवस्थामा पुगेको देखिन्छ | बिज्ञान र कृषि संकाय तर्फ प्रत्यक बर्ष करिब १५० जना बिद्यार्थी भर्ना हुनेमा यस वर्ष मुस्किलले ४० जना पनि भर्ना भएका छैनन् |हाल कक्षा ११ मा कृषितर्फ ९ जना र बिज्ञानतर्फ २१ जना रहेको श्रोतले बताएको छ | बिज्ञान र कृषितर्फ यस अघी पर्याप्त स्रोत, साधनको ब्यबस्था दिई बिशेष प्राथमिकताका साथ हेरिंदै आइएकोमा सुबेदी प्र.अ. भएपछी बिज्ञान र कृषि संकायतर्फ विद्यालयको ध्यान पुग्न नसकेको सम्बन्धितहरुको आरोप छ | कृषि र बिज्ञान तर्फका कक्षा-कोठा महिनौँसम्म पनि नबढारिएर कहिलेकाहिं आफैं सफा गरेर पढ्ने गरेको गुनासो बिध्यार्थीहरुको छ |
बिज्ञानतर्फ अध्यन गर्ने एक बिद्यार्थीले नीति न्यूजसंग भने – "अहिलेको कोर्ष परिवर्तन भएको छ , तर हाम्रो लाइब्रेरीमा एउटा पनि किताब फेरिएको छैन | अन्य सबै कलेजहरुको लाइब्रेरीमा पर्याप्त पुस्तक छन् |"आफ्नो समस्या र गुनासो बिद्यालय प्रशासनसंग राख्दा आफ्नो कुरालाई सधैं बेवास्ता गर्ने गरिएको गुनासो विद्यार्थीको छ |
यस्तो छ विद्यार्थीको गुनासो :
बिद्यालयमा उपस्थित भएर पनि केहि शिक्षक कक्षामा अधिकतम अनुपस्थित हुने गरेको गुनासो कक्षा ८ र १० मा अध्यनरत विद्यार्थीको छ | बिद्यार्थीहरु भन्छन-"हामीले पानि खाने धारामा सधैं लेउले घेरिएर गन्हाएको मात्र हुन्छ , शौचालय कहिल्यै सफा र प्रयोग गर्न मिल्ने हुँदैन |"१० मा अध्यनरत एक छात्रा भन्छिन –"हामीले केहि समस्या र मागको पत्र बिद्यालय प्रशासनमा पटक पटक बुझाइसक्दा पनि हाम्रो समस्यालाई सधैं बेवास्ता गरिन्छ | हाम्रा समस्या भेटेर राख्न खोज्दा हामीले कहिल्यै प्राचार्यलाई देख्न पाउँदैनौं |"
बिद्यालयमा कक्षा ८ सम्म कम्प्युटर शिक्षाको पढाइ हुन्छ , तर आज सम्म कम्प्युटर कस्तो हुन्छ भनेर समेत नदेखेको गुनासो कक्षा ८ मा अध्यनरत विद्यार्थीको छ |
कक्षा १० मा अध्यनरत एक छात्राले हामीसंग भने- "अन्य सबै बिद्यालयमा बिहानदेखि बेलुकीसम्मको कक्षाको सुरु भैसक्यो , अब एसईई आउन केहि समय मात्र बाँकी हुँदा हाम्रो बिद्यालयमा थप कक्षा पढाउनलाई बिद्यालयमा पटक पटक गुनासो गर्दापनि हामीलाई बेवास्ता गरिएको छ | यसरि एसईई पास गर्न सक्छौं जस्तो पनि लाग्दैन |
ब्यबहारिक शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा शिक्षा प्रणाली केन्द्रित भैरहंदा बिद्यालयमा हरेक शुक्रबार १ बजेपछि अतिरिक्त क्रियाकलाप संचालन गर्नुको सट्टा छुट्टी गर्ने गरेको पाइएको छ |
निरन्तरको आन्तरिक कलह
प्र.अ. मा सुबेदी न्युक्ति भैसकेपछि बिद्यालयमा निरन्तर आन्तरिक कलह हुने र शिक्षकहरुको गुटबन्दीको कारण पठनपाठनमा अफ्ट्यारो हुने गरेको पाइएको छ | अबैधानिक बाटोबाट प्र.अ. बनेको र निरन्तर मनपर्दी गरेको भन्दै बिद्यालयमा कार्यरत अधिकांश शिक्षक सुबेदीलाई आजसम्म पनि प्र.अ. स्वीकार्न तयार देखिंदैनन | यता सुबेदी पनि अशन्तुष्ट पक्षलाई मिलाएर लैजानुको सट्टा आफ्नै ढंगले चल्ने र कतिपय कार्य किर्त्ने समेत गर्ने गरेको पाइएको छ |
हालै सम्पन्न स्थानीय निकायको निर्वाचनसंगै वडाध्यक्षमा राजेन्द्र घिमिरे निर्वाचित भैसकेपछि घिमिरे नै असार यता विद्यालयको ब्यबस्थापन समितिको अध्यक्षको भूमिकामा छन् भने समितिपनि हेरफेर भएको छ | आफ्नो ससुरा अध्यक्ष भएसम्म जे पनि गर्न पाएका प्र.अ. सुबेदी भने त्यस यता अफ्ट्यारोमा पर्न थालेको बुझिएको छ | नयाँ समितिले आफ्नो कार्यभार सम्हाल्न सुरु गरेसंगै ब्यबस्थापन समिति र प्राचार्यबीच दुरी झन् बढ्न थालेको पाइएको छ | निरन्तर जालसाँझी ,किर्ते र अनियमितता गरेको भन्दै नयाँ समितिले १३ बुंदे स्पस्टिकरण प्राचार्यलाई सोधेको बुझिएको छ | चित्तबुझ्दो स्पष्टिकरण र जवाफ नआएकाले थप प्रक्रिया अघि बढाउने तयारीमा समिति रहेको श्रोतले बताएको छ | गोप्य सुचना बिहिरीए अनुसार नयाँ ब्यबस्थापन समिति प्र.अ.को रुपमा सुबेदीलाई स्वीकारेर लैजान तयार छैन |
हाल विद्यालयको नाममा २ वटा मुद्दा अदालतमा बिचाराधिन रहेको र बिद्यालयको गतिविधितर्फ अख्तियारको ध्यान केन्द्रित सुरु भएको बुझिएको छ |
तर प्र.अ. सुबेदीले भने आफुंले कहिँ कतै अनियमितता नगरेको र आफ्नो कार्यकालमा बिद्यालय सुधारको बाटोतर्फ रहेको बताएका छन् |
विद्यालयको विषयमा पुर्व अध्यक्ष तिलक शर्मा र रत्ननगर नगरपालिका शिक्षा अधिकारि राजेन्द्र बरालसंग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन |