गजल
सधैं हिंड्न पर्ने थियो आफ्नो भएर
अन्धकार बस्तीमा दियो आफ्नो भएर
उ पराइ भएर पनि अंगालोमा बाँधियो
कोहो अंगालोमै मारियो आफ्नो भएर
बचाउनेहरुले मार्न पनि त सक्दा रहेछन
मालिकबाटै फुल चुडियो आफ्नो भएर
दाजुले फरिया दिएथ्यो लाज ढाक्नलाई
फेरी बदलामा ईज्जत लियो आफ्नो भएर
माया निर्भिक कालिकोट